Incident Reports

नागरिककर्मी शाहीमाथि आक्रमण

2016-05-31

Bagmati, Kathmandu, Kathmandu

कालिकोट फुकोट २ घर भएका अनिल बोगटीले नागरिककर्मी पवित्रकुमार शाहीलाई आक्रमण गरेका छन्। मंगलवार राति १० बजे सुन्धाराको एक होटलमा खाना खाएर फर्किने क्रममा शाहीमाथि आक्रमण भएको हो। लामो समयदेखि म्यानपावर कम्पनीमा काम गर्दै आएका बोगटीले कतारमा नेपाली अलपत्र शीर्षकमा समाचार प्रकाशित भएपछि पटक पटक आक्रमण गर्ने धम्की दिने गरेका थिए। पत्रकार शाहीका अनुसार २०७१ साल मंसिर १७ गते नागरिक दैनिकमा कतारमा नेपाली अलपत्र शीर्षकमा समाचार छापेकै कारण आक्रमण गरिएको हो। बोगटीको आक्रमणबाट शाहीको निधारमा सामान्य चोटसमेत लागेको छ। शाहीमाथि आक्रमण गरिरहेकै बेला महानगरीय प्रहरी विशालबजारबाट खटिएको प्रहरी टोलीले अनिल बोगटीलाई नियन्त्रणमा लिएको छ। उक्त घटनाका प्रत्यक्षदर्शी कालिकोटका सुमन बमका अनुसार न्यु कान्तिपुर तन्दुरीबाट खाना खाएर कोठा जानेक्रममा आक्रमण भएको हो। पत्रकार शाहीलाई पटक पटक 'काठमाडौं आए तपाइे ठिक पार्छु' भन्दै धम्की दिँदै आएका थिए। आक्रमण गरिरहेको अवस्थामा प्रहरीले देखेपछि ठूलो घटनाबाट बचेको शाहीले बताए। आक्रमणपछि भाग्न खोज्दा प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media

0 Comments