Incident Reports

विप्लव माओवादीले आगजनी गरे

2016-05-31

Bagmati, Chitawan, Chitwan National Park

 चितवनको कालीका नगरपालीका १ स्थित कोलार भन्ने स्थानमा बिप्लव माओवादी समूहले चुनढुङ्गा उद्योगको स्काइभेटर र कर्मचारी बस्ने घरमा आगजनी गरेका छन् । मंगलबार राति कम्ब्याट पोशाकमा अाएका माओबादी कार्यकर्ताले मेसिन र घरमा आगजनी गरेको जिल्ला प्रहरी चितवनले जनाएको छ । आगजनीबाट मेसिन र घर जलेर क्षति पुगकोे छ । २०/२२ जनाको समुहमा अाएकाले अागजनी गरी फरार भएको र उनीहरुबारे अनुसन्धान भइरहेकाे चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । राजमार्गबाट ३ घण्टाको पैदल दुरीमा रहेको चुनढुङ्गा उद्योगमा रातीनै जिल्ला प्रहरीका डिएसपि दिपक श्रेष्ठको कमाण्डको टोली पुगेको थियो । प्रहरी घट्नास्थल पुग्दा आगजनी गर्ने समुह फरार भइसकेका थिए एसपी कुँवरले भने, 'फरारको खोजी भइरहेको छ ।' प्रहरीले घट्नाको अनुसन्धान गरेको जनाएको छ । आगजनीका कारण भने अहिले सम्म खुलकोे छैन् । 'मेसिनमा आगजनी गरी भागेकाहरु सबै कम्ब्याट पोशाकमा थिए', स्थानियलाई उद्धृत गर्दै प्रहरीले भन्यो 'उनीहरु सबै डाडा तिर लागे ।' आगजनीबाट मेसिनका महत्वपुर्ण पार्ट र कर्मचारी बस्ने घर पुर्णरुपले क्षति पुगेको छ । क्षेत्रमा बुधबार बिहानबाट संलग्नहरुको प्रहरी खोजतलासमा जुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 20--22
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments