Incident Reports

शिक्षकको यातनाले विद्यार्थीको कानको जाली फुट्यो

2016-06-13

यहाँको एक निजी विद्यालयका शिक्षकले ‘होमवर्क’ नगरेको भन्दै चरम यातना दिँदा बालकको कानको जाली फुटेको छ । जिल्लाको न्यू सिद्धस्थली मावि रातमाटका शिक्षक अजय टोपुले गालामा चरम यातना दिँदा कक्षा चारमा अध्ययनरत विद्यार्थी अनिष बम्जनको कानको जाली फुटेको हो । भद्रकाली–७ सिन्धुलीका बम्जनको कानको जाली फुट्दा श्रवणशक्तिनै गुम्ने अवस्था आएको उनका बुबा भक्तबम्जनले जानकारी दिए । बम्जनलाई शिक्षक टोपुले गालामा चड्कन हान्दा कानको जाली फुटेको हो । शिक्षकको कुटाई पछि जिल्ला अस्पतालमा उपचारका लागि पुगेका बम्जनलाई त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि डाक्टरले काठ्माडौ रिफर गरेको र काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको विद्यार्थीका उनको भनाई छ । गत जेठ २४ गतेका दिन शिक्षकले चरम यातना दिएको भएपनि बालकले ढिलागरी भनेपछि उक्त घट्ना ढिलो सार्वजनिक भएको हो । ‘उता भने घाइते विद्यार्थीलाई विद्यालयले उपचार खर्च ब्यहोरी दिने भन्दै घटनालाई बाहिर नल्याउन आग्रह गरेको छ,’ उनले भने । आफ्नो पढ्न पठाएको छोरोलाई यातना दिएर घाइते बनाएकोमा आक्रोश व्यक्त गर्दै बम्जनले निजी विद्यालयहरुको मनपरी रोकिदिन सम्बन्धीत निकायलाई आग्रह समेत गरे । विद्यालयका प्रिन्सीपल मनोज प्रधानले भने विद्यार्थीमा कानको समस्या आएको भएपनि शिक्षककै कुटाईका कारण समस्या उत्पनन् भएको हो होइन भन्ने कुरा प्रमाणित भइनसकेको बताए । शिक्षकले विद्यार्थीलाई गालामा एक चड्कन हानेको भने उनले स्वीकार गरे । ‘अभिभावकको माग अनुसार थप उपचारका लागि बाहिर पठाइएको र शिक्षकको कमजोरी ठहर भएमा तत्काल कार्वाहीको दायरामा ल्याइने छ,’ उनले भने । शिक्षा ऐन, नियमावली र निर्देशीका विपरीत मनोमानी चलेका जिल्लाका निजी विद्यालयहरुमा गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरु असुरक्षित बन्दै गएको पछिल्ला घटनाक्रमहरुले पुष्टि गर्दै गएको छ । निजी विद्यालयहरु सरकारी निती नियम र निर्देशिकाको बेवास्ता गर्दै मापदण्ड विपरीत चलिरहेका छन भने महंगो लगानी गरेर आफ्ना छोराछोरीको भविष्य निर्माणका लागि होस्टल भर्ना गरिएका विद्यार्थीहरु पनि विद्यालय प्रशासन र शिक्षकहरुको यातनाका कारण असुरक्षित बन्दै गएका छन । गुणस्तरिय शिक्षा प्रदान गर्ने नाममा विद्यार्थीहरुलाई निजी विद्यालयहरुले कडा यातना दिने गरेको र उक्त यातनाका कारण कतिपय अवस्थामा विद्यार्थीहरु शारीरिक तथा मानसिक रुपमै समस्यामा पर्ने गरेको तथ्यहरु बाहिर आउन थालेका छन् । यातनाकै कारण कतिपय विद्यार्थीहरुले गम्भीर खालका समस्याहरु समेत भोग्नु परीरहेको अवस्था छ भने कतिपय विद्यार्थीहरु विद्यालय छाडेर हिड्ने अवस्थामा समेत पुग्ने गरेका छन । यसै शैक्षिक सत्रमा सुर्योदय आवासीय उमाविको होस्टलबाट विद्यालय प्रशासनको गम्भीर लापरवाहि र मानशिक यातनाका कारण कक्षा ८ मा अध्यनरत विद्यार्थी हराएर एकसाता पछि पुन भेटिएका थिए । जिल्लाका अन्य दुई निजी विद्यालयमा पनि चरम यातनका कारण विद्यार्थीहरु होस्टेलबाट भाग्ने र हात खुट्टानै भाँचिने गरेको बताइएको यस अघिका घट्ना पुष्टि गरेको छ । निजी विद्यालयहरुमा बारम्बार हुने यस्ताखालका घटनाहरुले निजी विद्यालयप्रति अभिभावकको आकर्षण रहेको भएपनि सामाजिक विश्वास र वालवालिकाहरुको आकर्षण भने घट्दै गएको छ । यी घटनाहरुले निजी विद्यालय सिकाई केन्द्र हो वा यातनागृह भन्ने प्रश्न बारम्बार उब्जने गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने नाममा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन निजी विद्यालयहरुले अपनाउने दण्ड, सजायको बिधिले सरकारको भयरहित र दण्डरहित शिक्षाको अवधारणालाई समेत धज्जी उडाउँदै आएका छन् । निजी विद्यालयहरुको मनपरी रोक्नका लागि सम्बन्धीत निकायले प्रभावकारी नियमनको काम गर्नु पर्ने सरोकारवालाहरु बताउँछन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments