Incident Reports

प्रशासन कार्यालयका कर्मचारीद्वारा पत्रकारलाई दुर्व्यवहार

2013-02-26

Nepal

तनहुँ । फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कमलराज पौडेलले ०६९ फागुन १४ गते आफ्नै कार्यकक्षमा कान्तिपुर दैनिकका सम्वाददाता पूर्ण विकेलाई अश्लिल शव्द प्रयोग गरी दुर्व्यवहार गरेका छन् । शान्ति तथा प्रशासन शाखाका नायब सुव्वा पौडेलले जिल्लाको शान्ति सुरक्षा, पत्रपत्रिका तथा सञ्चारमाध्ययमको बारेमा वुझ्न गएका विकेले पौडेलसँग सोधपुछ गरी कोठा बाहिर निस्के लगत्तै आफू कार्यालयको कसैको दवावमा नबस्ने भन्दै अश्लिल शब्द बोलेका हुन् । उक्त विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष प्रेमप्रसाद पौडेल र शाखा सचिव ओमकार आचार्य रोहवरमा प्रशासन कार्यालयमा भएको छलफलमा नायब सुब्बा पौडेलले आफूले आवेगमा आएर अश्लिल शव्द उच्चारण गरेको भन्दै माफी मागेका थिए । प्रजिअ दाहालले सेवाग्राहीको अगाडि अश्लिल शब्द बोलिनु सेवाग्राहीप्रतिको अपमान भएको बताए ।

0 Comments