Incident Reports

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

2016-06-19

Karnali, Jumla, Chandannath

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा एक शिक्षकको कुटाईाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। कुक शिक्षक मोहनबहादुर अधिकारीको कुटाईबाट सव ओभर सियर प्रथम वर्षमा अध्यायनरत दिनेश डागी घाइते भएका हुन्। उनलाई शिक्षक अधिकारीले डाडु प्रहार गरेका थिए। आइतबार साझ खान नपुगेको विषय विद्यार्थीले कुक शिक्षकलाई बताउँदा शिक्षकले एक्कासी डाडु प्रहार गरेका थिए। घाइते डाँगीको टाउकोमा ५ वटा टाका लगाइएको छ। स्रोतका अनुसार शिक्षक अधिकारीले मदिरा सेवन गरेका थिए । अहिले विद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएको विषयलाई लिएर प्राविधिक शिक्षालयमा तनाव भइरहेको छ। विद्यार्थीका आफन्तजनले कुटुपट गर्ने शिक्षकलाई कार्वाही र विरामीको उपचार खर्चको माग गरेका छन्। कर्णाली प्राविधिक शिक्षालय डिप्लोमा कक्षाका संयोजक विज्ञान अधिकारीका अनुसार शिक्षकलाई गल्ती महशुस गराएर विद्यार्थीको उपचार खर्च भराउने बारेमा छलफल भइरहेको छ। शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि सबै विद्यार्थीमा त्रास उत्पन्न भएको प्राविधिक शिक्षालयले जनाएको छ। आइतबार साझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका विद्यार्थी डाँगीलाई विहान लगिएको थियो । यता प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार शिक्षालयमा भएको घटनाका सम्वन्धमा जाँचबुझ गर्न प्रहरी निरीक्षकसहितको टोली खटाइएको छ । सत्य तथ्य बुझेपछि प्रक्रिया अघि बढाइने उनको भनाइ छ। शिक्षण अस्पतालका डाक्टर निरेश थापाले विद्यार्थीको अवस्था खतरामुक्त भएको जानकारी दिए । उनका अनुसार उपचारपछि शिक्षालयतर्फ फकाईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports