Incident Reports

Charges against the Accused Abductor

2013-02-27

Province 1, Morang, Belbari

मोरङ । फागुन १६ गते भुटानी शरणार्थी शिविर शनिश्चरे सेक्टर नम्र २ का २१ वर्षीय राधाकृष्ण न्यौपानेलाई अपहरण गरेको आरोपमा प्रहरीले तीनजनालाई ०६९ फागुन १५ गते मानव ओसारपसार तथा शरीरबन्धक मुद्दा लगाएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख केशव भट्टराइका अनुसार, अपहरणमा संलग्न भएको आरोपमा सर्लाही जिल्ला सुन्दरपुर चोहर्वा गाविस-१ का वीरेन्द्र यादव, बरथवा गाविस-८ का राजदेव चौधरी र मुर्तिया गाविस-७ का सुरेश चौधरीलाई मुद्दा लगाइएको हो । उनीहरूलाई प्रहरीले फागुन १४ गते सर्लाहीबाटै गिरफ्तार गरेको थियो । पीडितलाई पनि प्रहरीले सोही दिन मुक्त गरेको थियो । घटना ०६९ फागुन ९ गते भएको थियो । आरोपितहरूले पीडितलाई उलाईबारी गाविसस्थित नेपाल दर्शन उच्च माविबाट अपहरण गरेका थिए । अमेरिकामा पुनर्वास गरिएकी पीडितको दिदी साबी न्यौपानेसँग प्रेमसम्बन्ध रहेको र उनले धोका दिएका कारण भाइलाई अपहरण गरेको वीरेन्द्रले प्रहरीलाई वयानमा भनेका छन् । दीपेन नेउपाने Morang/ February 27

The police have registered a case against three men on February 26on charge of human trafficking and abducting Radha Krishna Neupane, 21 of sector no 2 of Bhutanese refugee camp.

 

Birendra Yadav of Sundarpur Choharwa1, Rajdev Chaudhary of Barthawa8 and Suresh Chaudhary of Murtiya7 in Sarlahi were arrested on charge of their involvement in human trafficking and abduction, according to Keshav Bhattarai of Pathari Area Police Office. They were arrested from Sarlahi on February 25.

 

Neupane was rescued on the same day by the police. He was abducted from Nepal Darshan High School of Urlarbari VDC. Birendra recorded his statement to the police that he had a relationship with the victim’s sister Sabi Neupane, who is in USA, and he abducted her brother because was betrayed by her.

Dipen Neupane

0 Comments