Incident Reports

Police beaten up a youth and injured him.

2013-03-05

तेह्रथुम जिल्ला म्याङ्लुङ गाविस- घर भई शनिश्चरे गाविसस्थित आफन्त भेट्न आएका ३३ वर्षीय जीतबहादुर लिम्बूलाई प्रहरीले ०६९ फागुन २२ गते अपरान्ह लाठी बुटले शरीरका विभिन्न भागमा कुटपिट गरेको

 

पीडित आफन्तको घर जाने क्रममा पथरी गाविस- स्थित केचना बसपार्कमा एक होटलमा खाजा खाइरहेको समयमा इलाका प्रहरी कार्यालय प्रथरीको गस्ती टोलीले कुटपिट गरेको हो उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको इलाका प्रहरी कार्यालय पथरीका सई गोपाल कार्कीले आरोपितले मादक पदार्थ सेवन गरी होहल्ला गरेकोले गस्ती टोलीले सामान्य बल प्रयोग गरेको बताए पीडितले खाजा मात्र खाएको मादक पदार्थ सेवन गरेर आफूले होहल्ला नगरेको बताए

दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis