Incident Reports

जन्माएको एक दिनपछि आमाले गरिन शिशुको हत्या

2016-07-14

Province 1, Khotang, Rupakot Majhuwagadhi

जन्माएको एक दिनपछि शिशुको हत्या गरेको आरोपमा खोटाङमा एक महिला पक्राउ परेकी छन् । शिशु हत्या गरेको आरोपमा शुक्रबार दिक्तेल नगरपालिका-७ बस्ने ३६ वर्षकी केसीमाया सार्की पक्राउ परेकी हुन् । बुधबार बेलुका घरमै सकुशल जन्मिएको शिशुलाई बिहीबार बेलुका हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । श्रीमान् विदेशमा रहेको अवस्थामा परपुरुषसँगको यौन सम्बन्धबाट जन्मिएकोले शिशुको हत्या गरेको स्थानीय बासिन्दाको दाबी छ । घरैबाट पक्राउ परेकी सार्कीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उनको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेको पारिवारिक स्रोतले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments