Incident Reports

उच्च माविका प्राचार्य मृत फेला

2016-07-30

Province 1, Jhapa, Gauradhaha

गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्। मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए। मिश्र गौरादह– ११ स्थित चन्द्रबहादुर दाहालको घर नजिकै मृत अवस्थामा भेटिएका थिए। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ। स्थानीयले मिश्रलाई हत्या गरेर झुण्डाएको हुन सक्ने दाबी गरेका छन्। प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports