Incident Reports

अन्तरक्रिया कार्यक्रममा नेतामाथि आक्रमण

2016-07-30

Bagmati, Rasuwa, Gosaikunda

स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरू सम्मिलित अन्तक्र्रियामा स्थानीयले आक्रमण गरेका छन् । सदरमुकाम धुन्चेमा तीन मुख्य दलका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् । रसुवाको सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरूप शनिबार कांग्रेस, एमाले र माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी तीनै दलका ६ जना केन्द्रीय नेता र एक कर्मचारीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीयको आक्रमणमा परी एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम जगतजंग, माधव लामिछाने समीर, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको जानकारी रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले दिए । उनका अनुसार एमाले केन्द्रीय सदस्य अर्याल र कांग्रेस महाधिवेशन प्रतिनिधि उपाध्याय गम्भीर घाइते छन् । अर्याल र उपाध्यायलाई रसुवा जिल्ला अस्पताल धुन्चेमा प्राथमिक उपचार गरी थप उपचारका लागि शनिबार राति नै काठमाडौं पठाइएको छ । अन्यको सदरमुकाम धुन्चेमै उपचार भइरहेको छ । Update ----------- जिविस घटनामा संलग्न ६ जना पक्राउ स्थानीय तहको पुनर्संरचनामा गाँउपालिकाको सङ्ख्या तथा सीमाना निर्धारणको विषयलाई लिएर गएको शनिबार रसुवाको जिल्ला विकास समितिमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति तथा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल रेडक्रस सोसाइटी रसुवाका लामा रेन्जेन घले, धुन्चेका स्थानीय छिरिङ ग्याल्बो घले, प्रकाश लामा, दिपक थोक्रा, सगुन घले रहेका छन् । प्रहरी नायब उपरिक्षक फडिन्द्र प्रसाईका अनुसार पक्राउ परेकामध्ये छिरिङ ग्याल्बो घले र प्रकाश लामालाई ७ दिनको म्याद थपी आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पत्रकार महासंघ रसुवाका सदस्य समेत रहेका दिपक लामालाई प्रहरीले हिरासतमा लिएसँगैै नेपाल पत्रकार महासंघ रसुवा, रेडियो रसुवा, प्रेस चौतारी रसुवा, प्रेस युनियन रसुवा लगायतका पत्रकारहरुको आबद्ध संघ सङघठन तथा धुन्चे बासिन्दाले पक्राउ परेकालाई छाड्न माग गर्दै छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 7

0 Comments

Related Reports
Related Trend Analysis