Incident Reports

समाचार बजाएकै आरोपमा पत्रकार पक्राउ

2016-08-03

Bagmati, Rasuwa, Gosaikunda

स्थानीय तहको पुनर्संरचनामा गाउँपालिकाको संख्या तथा सिमाना निर्धारणको विषयलाई लिएर धुन्चेवासीले गरेको आन्दोलनको समाचार बजाएको आरोपमा प्रहरीले रेडियो रसुवाका अध्यक्ष दीपक लामालाई पक्राउ गरेको छ । धुन्चेवासीले सोमबारदेखि गरेको रसुवा बन्दलाई पहिलो प्राथमिकता दिई समाचार प्रसारण गरेको आरोप लगाउँदै बुधबार साँझ लामालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय तहको पुनर्संरचनामा गाउँपालिकाको संख्या तथा सिमाना निर्धारणको क्रममा शनिबार जिविसमा भएको झडपमा दुई नेता घाइते भएका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरेपछि लामा प्रहरीसमक्ष उपस्थित भएका थिए । प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो । पत्रकार महासंघ रसुवाका सदस्यसमेत रहेका लामालाई पक्राउ गरेसँगै रेडियो रसुवा, पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियनलगायतले रसुवा प्रशासनको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले छुट्टाछुट्टै विज्ञप्तिमार्फत पक्राउको भत्र्सना गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown

0 Comments