Incident Reports

श्रीमती हत्याको प्रयासपछि आत्महत्या, श्रीमती अस्पतालमा

2016-08-04

Lumbini, Arghakhanchi, Bhumekasthan

कतारबाट घर आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको झण्डै दुई घण्टापछि उनले श्रीमती सिर्जना केसीको हत्या गर्न खोजेका थिए । नुवाकोट गाविस–२ करौदीका टेकबहादुर १० महिनामा कतारबाट घर फर्केका थिए । उनले घरमा आएलगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर मार्न खोजेका थिए । श्रीमतीको हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनु भयो । सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा लगिएको छ । उनको स्थिति सामान्य हुँदै गएको अस्पतालले जानकारी गराएको छ । उनीहरुको तीन वर्षकी एउटी छोरी छिन् । टेकबहादुर विदशबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र आफू मात्रै रहेको सिर्जनाले बताउनुभएको छ । श्रीमानले केही काम छ भन्दै कोठामा लगेर आफूलाई मार्न खाजेको अस्पतालमा रहेकी सिर्जनाले बताउनुभएको छ । ‘टेकबहादुरले पहिला बाबुलाई घाटी थिचेर मार्ने प्रयास गरेका थिए । बुबा भाग्न सफल हुनुभयो । पछि मलाई बसुलाले हाने’ सिर्जनाले अस्पतालको बेडबाटै भन्नुभयो, ‘मैले रोक्न सके र बाचेँ ।’ सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्च्यायर हार गुहार गरेपछि छिमेकी आइपुगेका थिए । टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ । टेक बहादुरले बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफै आत्महत्या किन गरे भन्ने बिषय उनको मृत्युसँगै गौण भएको छ । त्यस विषयमा अनुसन्धान गर्ने प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
Female Injured 1

0 Comments

Related Reports