Incident Reports

१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा

2016-08-11

Lumbini, Arghakhanchi, Malarani, Ward 5

सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् । बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई गोडामा प्लाष्टिकको डोरीले बाँधिएको छ । बाँधिएको स्थानमा डाम र ससाना घाउसमेत छन् । बालकलाई दाम्लोले बाँधी घरमा राखेकोले विद्यालय जान पाएका छैनन् । बारम्बार घरबाट बालक हिँडेपछि भेट्टाउन गाह्रो भयो अरू कुनै उपाय नभएपछि बाँधेर राख्नुपरेको बालककी आमा तुलसा नेपालीले बताइन् । ‘सरकारी निकाय वा गैरसरकारी निकायबाट कुनै सहयोग छैन । आर्थिक अवस्था कमजोर भएकोले यसका लागि औषधि उपचार गर्न सकेनौं । कसैले सहयोग गरिदिए भलो हुन्थ्यो ।’-उनले भनिन् । बालकको अहिलेसम्म अपाङ्गता परिचयपत्र नभएका कारण राज्यबाट प्रदान हुने सेवासुविधा प्राप्त नभएको तुलसाले बताइन् । राज्यले ग्रामीण स्तरमा आपाङ्ता परिचयपत्र वनाउने प्रक्रिया र मितिको बारेमा प्रभावकारी सूचना सम्प्रेषण गर्न नसकेको स्थानीयबासी सहयोगी विसीले बताए । बालकको अपाङ्गता परिचयपत्र बनाउन सहयोग गर्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1

0 Comments