Incident Reports

प्रतिनिधि विवादले नेविसंघमा झडप, प्रहरीसहित केही घाइते

2016-08-13

Bagmati, Lalitpur, Lalitpur

नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् । विधार्थीतर्फ २५ जना घाइते छन् भने प्रहरीतर्फ पनि ७ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि विवाद चर्किएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेविसंघ नेता दीपक भट्टराईले भने, ‘हाम्रो पार्टीको कार्यालय हो की प्रहरी कार्यालय हो छुट्याउनै गाह्रो छ ।’ उनले आफूहरुलाई पनि पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएको गुनासो गरे । नौ वर्षपछि आयोजित नेविसंघको एघारौं महाधिवेशन यही साउन २३ गते भृकुटीमण्डपमा भएको थियो । तर, प्रतिनिधि विवादले बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्रमा ढिलाइ भएपछि नेतृत्व चयन प्रक्रियालगायतका बाँकी काम कांग्रेस केन्द्रीय कार्यालयबाट अघि बढेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 32
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis