Incident Reports

PJ Club and Nepal Press Union condemn attack upon Journalist

2016-08-16

Bagmati, Lalitpur, Lalitpur

Photo Journalist Club Nepal has informed Photo journalist Chandra Ale along with Pratik Rayamajhi of Nagarik daily and Kishor Chaudhary of Avenues television have been injured in a clash that occurred at central office of Nepali Congress situated at Sanepa. The clash took place after there was a heated argument regarding selection of representative of Nepal Student Union. The journalist were beaten severely by police. Police also smashed the cameras of journalist for taking photos and videos of the clash. PJ Club and Nepal Press Union has condemned the incident. नेपाल विद्यार्थी संघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपमा परी काठमाडौं टुडेका फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका फोटो पत्रकार क्लब नेपालले जनाएको छ । प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै आले र चौधरीको क्यामेरासमेत फुटाइदिएका छन् । साथै उनीहरुमाथि निर्घात कुटपिट पनि गरेको छ ।“राज्यले नै चौथो अंगको दर्जा दिएको प्रेसमाथि राज्यबाटै भएको आक्रमणको फोटो पत्रकार क्लब नेपाल घोर भत्र्सना गर्दछ । फोटो÷भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध हो,” विप्तीमा भनिएको छ, “कुटपिट गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग फोटो पत्रकार क्लब नेपाल जोडदार माग गर्दछ । साथै घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्तिको मागसमेत गर्दछ ।” यसैबीच, पत्रकार माथी कुटपीटको घटनाको नेपाल प्रेस युनियनले पनि विरोध जनाएको छ । प्रेस युनियनले विज्ञप्ती जारी गर्दै फोटो तथा भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरामा क्षती पुर्याउने घटनामा आफ्नो विरोध रहेको जनाएको छ । “पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई आवश्यक कार्वाही गरि घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्ति उपलव्ध गराउन युनियन सरकारसँग मागसमेत गर्दछ,” विज्ञप्तीमा भनिएको छ,“प्रहरी नेतृत्वलाई आगामी दिनमा सञ्चारमैत्री व्यवहारका लागि मातहतका निकायलाई निर्देशन दिन पनि माग गर्दछौँ ।”
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Journalist/Media
Actor 2 - Youth youth
Total Injured 3

0 Comments