Incident Reports

बिप्लव माओवादीद्वारा पत्रकार कुटिए

2016-08-25

Province 1, Sunsari, Itahari

३० बजे फूयँललाई कुटपिट गरेको हो। सोही वडामा डेरा लिएर बस्दैं आएका फूयँल होटलमा खाना खानका लागि पुगेका बेला बिष्ट नेतृत्वको समूह बसीरहेको थियो। ‘म होटलमा पुग्दा मेरो बारेमा निकै त्यो समूहले सोधीखोजी गर्यो। राम्रै नियतले सोधीखोजी गरेको ठानेर केही बेर गफ समेत भयो,’ फूयँलले भने, ‘अन्तिममा डेरातिर लाग्ना खोज्दा बाटो पश्चिमतर्फ केही बेर काम छ भनी कुटपिट गरे।’ कुटपिट गर्दा बिप्लप समूहले सुनसरीमा तहल्का मच्चाएको बारे केही थाहा छ? भनी प्रश्न सोधेको थियो। बिष्ट नेतृत्व समूहले फूयाँलले आफूलाई थाहा नभएको बताएपछि ‘सुराकी पो हो कि क्या हो’ भन्दै कुटपिट गरि क्यामेरा समेत फुटाएर क्षती पुर्याएका छन्। बिप्लप माओवादीका नेता रामप्रसाद राईले बिष्ट आफ्नो समूहका कार्यकर्ता भएको बताउँदै संखुवासभामा जिम्मेवारी तोकिएपनि केही समयदेखि इटहरीको हलगढामा डेरामा बस्दैं आएका बताएका छन्। पत्रकार फूयाँललाई बिष्टले व्यक्तिगत रुपमा के गरे टुंगो नभएको र पार्टीको संलग्नत भने नभएको जिकिर गरेका छन्। पत्रकार फूयँलले घटनामा संलग्नलाई पक्राउ गरि कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन् । फूयँललाई कुटपिटको घटनालाई संवेदनशील मानेर प्रहरी परिचालन गरि सकिएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । पत्रकार फूयँल कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखालगायतका अन्य सञ्चार सम्बद्ध संस्थाले निन्दा गदैं दोषीलाई अबिलम्ब पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments