Incident Reports

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा दायर

2016-08-31

Lumbini, Rolpa, Tribeni, Ward 7

एक १७ वर्षीया बालिकालाई बालविवाह गर्ने र उक्त कार्य गराउन संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाले भदौ १५ गते जिल्ला अदालत रोल्पामा मुद्दा दायर गरेको छ । पीडित बालिकाको विवाह गैरीगाउँ गाविस-८ का २४ वर्षीय रमेश परियारसँग गराएको आरोपमा करेटी गाविस-३ का २१ वर्षीय लक्ष्मण विक, गैरीगाउँ गाविस-८ का २२ वर्षीय दिपक परियार र विवाह गर्ने रमेश परियारविरुद्ध प्रहरीले बालविवाह अन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पीडित बालिका र रमेशबीच ०७३ साउन २९ गते सुनिताको बालविवाह गराएको उनीहरूमाथि आरोप छ । परिवारका अन्य सदस्यहरू नभएको अवस्थामा पीडित बालिका भदौ ११ गते घरबाट भागेर सदरमुकाम लिवाङ आई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments