Incident Reports

अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खादाँ मृत्यु तथा बेहोस

2016-09-01

Lumbini, Banke, Kohalpur, Ward 7

अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खाँदा सल्यान घर भएका शितल रानाको मृत्यु भएको छ भने सल्यान काभ्रा–३ बस्ने ३० बर्षीय बिर बहादुर राना बेहोस भएका छन् । कोहलपुर नगरपालिका–६ स्थित गोल्छा भन्ने स्थानमा विहिबार शितल रानालाई मृत अवस्थामा र बिर बहादुर रानालाई बेहोश अवस्थामा फेला पारिएपछि प्रहरीले बेहोश बिर बहादुर रानालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा होशमा आएका थिए । निजले बताएअनुसार दुवै जना भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गर्दा आफुलाई कोहलपुरका हौं भनि बताउने अपरिचित ३ जना व्यक्तिले नाम नखुलेको होटेलमा लगी पेय पदार्थ (कोक) खुवाएको र सो पश्चात दुवै जना बेहोश भएको र दुवै जनाको साथमा रहेको नगद १२ हजार रुपैयाँ, मोबाईल थान २ र कपडा रहेको झोला समेत लुटपाट भएको बताएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1

0 Comments

Related Reports