Incident Reports

ठाउँ अभावमा जिल्ला कारागारका कैदीबन्दी त्रिपालमुनी बस्न बाध्य

2016-09-06

Lumbini, Dang, Tulsipur

जिल्ला कारागार घोराहीमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्ने ठाउँको अभाव भएको छ । बस्ने र सुत्ने ठाउँको अभाव भएपछि कैदीबन्दीलाई त्रिपालमुनि बसाल्नुपर्ने बाध्यता भएको निमित्त जेलर निमानन्द रिजालले जानकारी दिए । कारागारमा ५० जना बस्ने क्षमता रहेकोमा हाल १ सय ७६ जना कैदीबन्दी बस्दै आएका छन् । ‘कारागारमा कैदीबन्दी बढ्दै गएपछि बस्न र सुत्न समस्या भएको छ ।’-रिजालले भने । ‘अब थप राख्ने अवस्था छैन । भएकालाई पनि पाल टाँगेर व्यवस्थापन गरेका छौं ।’-उनले भने । यसैगरी १ सय क्षमताको तुलसीपुर कारागारमा पनि दोब्बर कैदीबन्दी हुँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ । तुलसीपुर कारागारमा २ सय १५ जना कैदीबन्दी रहेको जेलर देवेन्द्र श्रेष्ठले बताए । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्न, खान, सुत्न र सरसफाईमासमेत समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

0 Comments