Incident Reports

कुष्ठरोगी विर्बहादुरको परिवार जंगलमा

2010-08-27

Karnali, Jajarkot, Barekot, Ward 6

आफुलाई लागेको रोग कसरि निको पर्ने भनेर वीरबहादुरका दम्पति निकै चिन्तामा छन् । तीन वर्षअघि भारतबाट एक गाउलेले ल्याएर दिएको कपडा लगाएर दिनरात काटेको वीरबहादुरको भनाइ छ। जंगलमा बस्दा सर्प, बीचछि, र अन्य जंगली जनावरले सताउने गरेको छ । ५० वर्षीय वीरबहादुर र उनकी श्रीमतीसंग नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको पाइएको छ । उपचार गर्नु आधिकारीक प्रमाणपत्र आवश्यकपर्ने भएको कारण विक परिवारसंग त्यो नहुँदा थप समस्या परेको स्वास्थ्यचौकी नायकवडाका इन्चार्ज गणेश खड्का बताय । वीर बहादुरलै कुष्टरोग लाग्नुभन्दा अगाडी ज्यामी, मजदुरी गरेर श्रीमान, श्रीमती पालिने गरेको स्थानियावासी दिपक महराले बताए । विक परिवारलाई लागेको कुष्टरोग अन्य गाउँमा सरछ भन्ने गलत मन्येताका कारण उन्निहरुलाई गाउमा जान नदिएको स्थानियवासीले बताएका छन् । सुरुमा उपचारका लागि धामी, झाक्री गरेको तर केहि नलागेपछि जंगलमा बस्न बाध्य भएको वीरबहादुरले बताए । कुष्टरोग लागेपछि कोर लागेको छ, यसका सन्तान या यसले पाप गरेको कारण हो भन्ने आन्धबिस्वस्का कारण आफुहरु थप मर्कामा परेको विक परिवारको दुखेसो छ । श्रीमान श्रीमती दुबैजना कुष्ट रोगको कारण थला परेको कारण आफुहरुलाई कसैले सहयोग नगर्दा रोग भन्दा पनि खान नपाएर कुन दिन प्रण जानछ थाहा छैन वीरबहादुरले रुँदै भने । कुनै नया मानिस गाउमा गएमा आफुलाई सहयोग गर्छन कि भनेर आश लाग्ने गरेको दम्पतिको भनाइ छ। उनीहरुका कुनै सन्तान नभएको वीर बहादुरले बताए । घरबाट चुतियेका २५ वर्ष पुगेको अहिलेसम्म भाइहरु ले बिरामीको अवस्था कस्तो छ भनेर बुझ्नासम्मा नआएको उनले गुनासो गरे । संघ संस्थामा काम गर्ने कहिले कोहि सहयोग गर्ने गरेको उनि बताउ छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments