Incident Reports

खुकुरी देखाउदै गहना लुटेर मोटरसाइकलमा फरार

2016-07-31

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

पोखरा- १ बागबजारमा मोटरसाइकलमा आएका २ युवकले खुकुरी देखाएर गहना लुटेका छन् । आइतबार दिउँसो कालो पल्सर मोटरसाइकलमा आएका दुईजनाले पास्कल गल्लीमा पोखरा-७ घारीपाटनकी एक महिलाले लगाएको ५ तोलाको सिक्री लुटेर फ्राहार भएका हुन् । उनीसंगै रहेकी अर्की महिलाको घाँटीमा रहेको सिक्री निकाले पनि भाग्ने क्रममा भुइमा खसेको स्थानीयले बताए । दुवै महिलाको घाँटीमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ । आफुहरुले लुटेराहरुलाई समात्ने प्रयास गरेपनि सफल हुन नसकेको स्थानीयले बताए । कास्कीका चारै नाकामा प्रहरी परिचालन गरेर लुटेराहरुको खोजीकार्य जारी रहेको कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2

0 Comments

Related Reports
Related Trend Analysis