Incident Reports

बलिदिन सानो भर्‍याङबाट युवती अपहरण गर्ने पक्राउ

2016-07-29

Bagmati, Kathmandu, Kathmandu, Ward 15

बलि दिने उद्देश्यले काठमाडौं सानो भर्‍याङबाट युवती अपहरण गर्ने एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। तान्त्रिक विधिद्वारा चामत्कारिक आर्थिक लाभ प्राप्त गर्न तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि थापा सहितकाे समूहले साउन १४ गते युवती अवहरण गरेको थियो। अपहरण गर्ने कार्यमा संलग्न तनहुको व्यास नगरपालिका ६, रुम्सीगाउँ स्थायी घर भएका ३७ वर्षीय भोजबहादुर थापालाई सिआइबीको टोलीले पोखराबाट पक्राउ गरेको हो। युवतीलाई सानोभर्‍याङबाट अपहरण गरी थापा सहितको समूहले नागर्जुनस्थित, काठमाडौंस्थित घरमा बन्धक बनाएर राखेका थिए। साउन १४ गते अपहरणमा परेकी युवती ३२ गते बन्धक बनाएको स्थानबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि उनले प्रहरीमा दिएको जाहेरीका आधारमा सिआइबीको टोलीले भदौ २१ गते पोखराको लेकसाइडबाट थापालाई पक्राउ गर्न सफल भएको हो। उजुरीपछि फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको थियो। पक्राउ प्रतिबादीलाई मुलुकी ऐन, अपहरण तथा शरिर वन्धक उद्योग महल बमोजिमको कसूर सजाय हुने र पिडितलाई क्षतिपूर्ति भराई दिन माग मागदावी लिइएको थियो। भोजबहादुर थापा हालसम्म फरार रहेका थिए। थापाविरुद्ध सिआइबीले शरीर बन्धक तथा क्युरियो सामानको संग्रह गरेको कसूरमा अनुसन्धान अघि बढाएको थियो। अपहरण गर्ने कार्यमा संलग्न भोज बहादुर थापा, तान्त्रिक भनीएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, याम बहादुर रोक्का, छत्र बहादुर राई, हरि बहादुर पुन मगर, उदीम बहादुर पुन र भिम बहादुर भुजेल समेतले ती युवतीलाई झुक्याएर अपहरण गर्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis