Incident Reports

प्रहरी माथि हातपात

2016-08-19

नवलपरासीमा अफिस समयमा रहेका प्रहरी माथि हातपात भएको छ। इलाका प्रहरी कार्यालय सुनुवलमा कार्यरत प्रहरी जवान बुद्ध रायमाझी माथि डिउटीमा रहेका बेला गालीगलोज तथा कुटपिट भएको इलाका प्रहरी कार्यलय सुनुवलका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले दिए। सुनुवल निबासी मध्य नेपाल यातायात व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ऋषिराम पौडेलले मदिरा सेवन गरेर प्रहरीलाइ गालीगलोज सहित हातपात गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। हातपात गर्ने पौडेललाइ प्रहरीले नियन्त्रणमा लिएर राखेको प्रहरीले जनाएको छ। जिल्ला कार्यलय नवलपरासी प्रमुख राजेन्द्र प्रसाध चौधरीले प्रहरीलाइ गालीगलोज भएको तर हातपात भने नभएको दाबी गरेपनि उक्त घटनामा हातपात समेत भएको स्थानीयले बताएका छन्। पछीलो समयमा नवलपरासीमा अराजकता बढेको भन्दै सर्बसाधारणले चिन्ता बेक्त गरेका छन्। कहिले नागरिक समाजका अध्यक्ष माथि प्रसासनकै अगाडी हातपात हुने त कहिले डिउटीमा रहेका प्रहरी माथि नै गालीगलोज र हातपात हुने घटना अराजकता बढ्दै गएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown

0 Comments

Related Reports
Related Trend Analysis