Incident Reports

सदरमुकाम गौरमा जुलुस प्रदर्शन

2016-08-08

Madhes, Rautahat, Gaur

महिला समूहले आज गौरमा जुलुस प्रदर्ह्शन भएको छ । दोषीलाई कारबाहीको माग गर्दै जुलुस प्रदर्शन भएको हो। गाविस समनपुरमा आएको विकास बजेटको हरहिसाब माग गर्दा पुर्व वडा अध्यक्ष रामसखी देवी साहलाइ गाविसका सचिव तथा सहायक लेखापाल र तिनका मतियारले कुटपिट गरि घाइते बनाएको विरोधमा महिलाहरुको एक समूहले दोषीलाइ कारवाही गर्ने माग गर्दै जुलुस प्रदर्शन गरेको हो। यसैगरी आज गाविस सचिव तथा सहायक लेखापालको पक्षबाट पनि विरोध जुलुस प्रदर्शन भएको छ। पक्राउ परेकालाई रिहा गर्न नारा लगाउदै जिल्ला आएको बजेट पारदर्शी बनाउन आग्रह गरेका थिए। गाविस सहायक सचिव नागेन्द्र राय र सहायक लेखापाल कामेशवर सहनी सहितको समुहले महिलालाई कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेको पिडित पक्षले बताएको छ। घटनापश्चात सहायक लेखापाल कामेश्वोर सहनीसमेत चारजनालाई प्रहरीले पक्राउ गरेका थिए। सहायक लेखापालसहित चारजना माथि सार्वजनिक आपराध मुद्दा दर्ता गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown

0 Comments