Incident Reports

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

2016-09-04

Karnali, Jumla, Tatopani, Ward 6

लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन् । पीडित पक्षको जाहेरीपछि केशव शाहीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर दिलबहादुर थापामगरले बताए । उनले भने–‘हत्या गरेर तिला नदीमा फालेको आशङ्कामा आफन्तद्वारा किटानी जाहेरी दर्ता गरेको र अन्य आरोपितको खोजतलास भइरहेको छ ।’ उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्त आदिप्रसाद न्यौपानेले कामको सिलसिलामा कालिकोट र जुम्ला जिल्लाको सीमानामा पर्ने नाग्मबजारमा गएको अवस्थामा भदौ १९ गते मन्नुको हत्या गरी तिला नदीमा लास फालेको आरोप लगाए । याे समाचार तयार पार्दासम्म पनि लास नभेटिएको मृतकका आफन्त आदिप्रसादले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports