Incident Reports

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

2016-09-21

Bagmati, Lalitpur, Lalitpur

RSS नेपाल पत्रकार महासङ्घले रेडियो ‘मिर्मिरे’का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीद्वारा असोज ५ गते भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गरेको छ । महासङ्घका सचिव धु्रव लम्सालद्वारा असोज ५ गते जारी विज्ञप्तिमा पत्रकार बर्देवामाथि भएको घटनाको कडा भत्सर्ना गर्दै दोषीमाथि कारबाही गरी पत्रकारको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरिएको छ । यातायात व्यवस्था कार्यालयले इन्टरनेटमा देखिएको खराबीका कारण सर्भरले काम नगरेकाले आज काम नहुने भन्दै सूचना टाँस गरेपछि बिहानैदेखि सवारी चालक अनुमतिपत्र लिन लामबद्ध व्यक्तिले नाराबाजी गरेपछि प्रहरीबाट भएको लाठी प्रहारको दृश्य खिचिरहेको अवस्थामा पत्रकार बर्देवामाथि प्रहरीले हातपात गर्नुका साथै बर्देवालाई केही समय नियन्त्रणमा लिएको पीडित पत्रकारले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown

0 Comments