Incident Reports

सालोलाई घाईते बनाएर भेनाले गरे झुण्डिएर आत्महत्या

2016-09-22

Province 1, Sankhuwasabha, Sabhapokhari, Ward 1

बिहीबार साँझ आफ्नै सालोलाई धारिलो हतियारले आक्रमण गरी घाईते बनाउने धुपु–४ का एक व्यक्ति मृत फेला परेका छन्। ४२ बर्षीय गोपाल विश्वकर्मालाई घरनजिकै जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले शुक्रबार बिहान फेला पारेका हुन्। उनले बिहीबार साँझ सामान्य घरायसी विवाद हुँदा स्याबुन–१ सिंभुवा घर भएका सालो आशिष विश्वकर्मामाथि धारिलो हतियार प्रहार गरेका थिए। घाईते विश्वकर्मालाई उपचारका लागि खाँदबारी ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर मुक्ति सापकोटाले जनाए। ईन्स्पेक्टर सापकोटाका अनुसार मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पताल झिकाईएको छ। घटना आत्महत्या नै जस्तो देखिए पनि त्यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports