Incident Reports

चन्दा असुल्नेलाई छुटाउन सडक जाम गर्दा वैद्य माओवादीका नेताहरु पक्राउ

2016-09-23

Bagmati, Kathmandu, Kathmandu, Ward 22

जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, पत्रकारहरु लगायत १५ जना पक्राउ परेका हुन् । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले बन्दी नेता कार्यकर्ता रिहाई हुनुपर्ने माग राखेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र अन्य दुई जना केन्द्रीय सदस्य लाई चन्दा संकलन आरोपमा प्रहरीले गिरफ्तार गरेको र जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला सुन्धारा नजिकबाट समातिएका नेताहरुको रिहाइ गर्न वैद्य माओवादीले माग गरेको छ । वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments