Incident Reports

रेडियो धादिङ भत्काएकोमा संचार संस्थाको विरोध

2016-09-23

सामुदायिक रेडियो बचाउ अभियान गर्दै काठमाडौँमा विरोध ¥याली निकालिएको छ । ¥यालीपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भने ‘सवैले बुझीराखौं, जव सत्ताले अधिनायकवादको रूप धारण गर्छ, सवैभन्दा पहिला मिडियामाथि नै आक्रमण गर्छ । अहिलेको सरकारले हामीलाई यही सन्देस दिएको छ । कुनै भ्रममा नपरौं । मिडियाबिरूद्द सरकारी आतंकको प्रतिवाद गरौं ।’ राती दुई ओटा डोजर र करिब ४ सयको संख्यामा प्रहरीहरु सहित पुगेका वन प्रमुख इमनाथ पौडेलले रेडियोको भवन भत्काएर रेडियोका उपकरणहरु सबै ध्यस्त पारेका छन् । रेडियोभित्र रहेका संचारकर्मीहरुलाई लछारपछार पार्दै रेडियो भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीले रेडियोको स्टुडियो, मिक्स्चर, माइक, कम्प्युटर, सोलार प्यानल लगायत सबै उपकरण फुटाएका छन् । सामुदायिक बन भित्र भवन निर्माण गरी रेडियो संचालन गरेको भन्दै यस अघि पनि रेडियो माथी आक्रमण भएको थियो । त्यतिबेला स्थानीयहरुले भत्काउनबाट रोकेका थिए । रेडियोले भवन भत्काउनु पर्ने कुनै आधार नभएको दावी गर्दे आएको थियो भने बन कार्यालयले जसरी पनि भवन खाली गर्न चेतावनी दिँदै आएको थियो । आज राती झुक्याएर भवनमा आक्रमण गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताए । राती नै रेडियो भत्काउन पुगेका वन रक्षक र प्रहरीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई रेडियो भत्काउन आएको विषयमा स्टेशन मेनेजरलाई जानकारी गराउन खोज्दा मोबाइल खोसेर टेलिफोन गर्न समेत रोकेको बताएका छन् । रेडियोमा आक्रमण हुन थालेपछि तत्कालै पुगेका नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, सहसचिव मनिष दुवाडी, पत्रकार सीताराम अधिकारी, अर्जुन श्रेष्ठलाई रेडियोतर्फ जान रोकरेर हातपात गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Dhading

0 Comments