Incident Reports

सात हत्याका आरोपी रइस मियाँ पक्राउ

2016-09-04

लामो समयदेखि सप्तरी प्रहरीको मस्टवाण्टेड सूचीमा रहेको सात वटा हत्याका अभियुक्त भारतीय नागरिक मोहम्मद मस्तकिम भन्ने रइस मियाँलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालका अनुसार रईस मियाँ उपर सप्तरीमा मात्रै ४ जनाको हत्याको आरोप रहेको छ भने सुनसरीमा एकै परिवारका तीन जनाको हत्या प्रकरणमा समेत उनको संलग्नता रहेको छ। नक्कली नेपाली राहदानी सहित विदेश भाग्न खोजेका रईस मियाँलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलवाट पक्राउ गरेको हो। मियाँ भारतको विहार राज्य अन्तर्गत पर्ने सिमावर्ती मधुवनी जिल्लाको लौकहा बगरमरियाका स्थाई बासिन्दा हुन। यद्यपी उनको साथवाट नेपाली राहदानि समेत फेला परेको छ। सप्तरीको सारस्वर गाविस–७ वाट नक्कली नागरिकता वनाई सोहि आधारमा राहदानि लिन सफल भएका मियाँलाई प्रहरीले भदौ १९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलवाट पक्राउन गर्न सफल भएको एसपी ढकालले जानकारी गराए। बैदेशिक रोजगारीमा जान लाग्दा मियाँलाई पक्राउ गरीएको हो। सारस्वरका सबुद मियाँ र उनकी बुहारी सगिराको हत्या मियाँले ०६९ असोज १० गते सप्तरीको सारस्वर–७ वस्ने सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेको प्रहरीको आरोप छ। सहबुदका छोरा आलम मियाँ कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला कारागारमा रहेका वेला आरोपि रईस मियाँसँग चिनजान भएको थियो। रईस जेलवाट छुटेपछि आलको घर पुगि उनको बुवा आमा तथा पत्नीलाई आफ्नो पकड माथिसम्मै भएको भन्दै अलिकति पैसो खर्च गर्न सकिए आलमलाई पनि जेलवाट छुटाउन सकिने भनि प्रलोभन दिएको प्रहरीको भनाई छ। सोहि आधारमा आलमका बुवा सहबुद मियाँले रईसलाई दुई पटकमा गरी २ लाख ७६ हजार रुपैयाँ समेत दिएका थिए। पछि ताकेदा गर्न लाग्दा २०६९ असोज १० गते रईसले कल्याणपुर स्थित आफ्नो कुखुरा फार्ममा बोलाई आलमका पिता सहबुद र पत्नी सगिरालाई हत्या गरी त्यहि गाडेको एसपी ढकालले बताए। विषेश सुराकीको आधारमा सप्तरी प्रहरीले आरोपि रईसको कल्याणपुर स्थित कुखुरा फार्म आसपास उत्खन गर्दा ०७२ जेठ ६ गते सबुदको तथा असार ४ गते सगिराको मानव कंकाल फेला परेको थियो । डिएनए टेस्टको आधारमा दुवै कंकालहरु साबुद र सगिराकै रहेको निष्कर्षमा प्रहरी पुगेको एसपी ढकालले बताए। जण्डौलकी दुलारी देवि साहको हत्या रईस उपर सप्तरी जण्डौल–६ की दुलारी देवि साहको हत्याको आरोप समेत रहेको छ । दुलारीका पति धिरेन्द्र साह कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा सप्तरी कारागारमा रहेका बेला आरोपिको भेटघाट उनीसँग भएको प्रहरीको भनाई छ। सोहि क्रममा रईस करागारवाट बाहिरीएपछि धिरेन्द्रको परिवारको सम्पर्कमा गएका थिए। आफ्नो पहुँच पैरवीको हावाला दिदै रईसले धिरेन्द्रकी पत्नी दुलारीलाई पैसाको बन्दोवस्त गर्न भनेको तथा उक्त पैसाको बन्दोवस्त भईसकेको पछि दुलारीवाट ६ लाख रुपैयाँ लिनुका साथै ०७० मंसिरको पहिलो साता तिर दुलारीको हत्या गरेको प्रहरीको आरोप छ। जण्डौल–८ स्थित चुरेको फेदमा पुर्याइ दुलारीको हत्या गरिएको प्रहरीको भनाई छ । विषेश सुराकीको आधारमा ०७२ बैशाख २७ गते उक्त क्षेत्रमा उत्खनन गर्दा महिलाको मानव कंकाल भेटिएको र त्यसको डिएनए परीक्षणका लागि पठाउँदा उक्त कंकाल दुलारीकै रहेको भन्ने निष्कर्षमा प्रहरी पुगेको एसपी ढकालले जानकारी गराए। त्रिकौलकी निर्मला साहको हत्या सप्तरीको त्रिकौल–५ बस्ने निर्मला देवि साहको घरमै गई धरिलो हतियार प्रयोग गरेर आरोपि रईसले ०७२ चैत्र १२ गते उनको हत्या गरेको प्रहरीको आरोप छ । आरोपिले निर्मलाका छोरा दिपक साहलाई बैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै ३ लाख रुपैयाँ जम्मा गर्न भनेको तथा उक्त रकम जम्मा भईसके पछि छोरा दिपकलाई मेडिकलको बहानामा लहान पठाई सोहि राति निर्मलाको हत्या गरेको प्रहरीले भनाई छ। गिरोहमै काम गर्थे रईस आरोपि रईस मियाँ गिरोहमै काम गर्ने गरेको प्रहरीको भनाई छ। ‘७/७ जना जतिको गिरोह थियो उनीहरुको’, एसपी ढकालले भने, ‘गिरोहको नाईके भने रईसनै थिए ।’ रईस गिरोहका अलाउद्दिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ यसअघि नै पक्राउ परिसकेका छन्। हाल पूर्पपक्षका क्रममा उनीहरु जिल्ला कारागामा रहेका छन्। त्यस्तै सकिल हुसैन र गुलजार मियाँ लगायतका केहि आरोपिहरु अझै फरार नै रहेको र उनीहरुको खोजि व्यापक रुपमा भईरहेको एसपी ढकालले बताए। रईसले गरेका सवै जसो हत्याहरुमा पक्राउ परेका र फरार रहेका सवैजसो अपराधिहरुको सक्रियता रहेको उनको भनाई छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 7
Female Killed 3
National/Online Media

0 Comments

Related Reports