Incident Reports

समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

2016-09-25

Kali Bahadur Malla प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश रावललाई समाचार लेखेको आरोपमा प्रहरी टोलीले असोज ९ गते दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् । पत्रकारद्वय आफ्नो कोठामा सुतेको अवस्थामा प्रहरीले घरबाट बाहिर निकाली सरकारी कार्यालयको समाचार लेख्ने भन्दै हातपात गरेको पवित्र शाहीले आरोप लगाए । महिला तथा बालबालिका कार्यालयमा कार्यालय समयमा कार्यालय प्रमुखको कार्यकक्षमा भएको मदिरा भोजको समाचार स्थानीय मिसन न्यूज साप्ताहिक र नागरिक दैनिकमा भदौ ३० गते प्रकाशन भएको थियो । आफूले उक्त समाचार प्रकाशन गरेपछि महिला विकास कार्यालय प्रमुखको अनुरोधमा प्रहरीले पिछा गरिरहेको पत्रकार शाहीले आरोप लगाए । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्र खड्काले झगडा भएको खबर पाएपछि टोली खटाइएको र पत्रकारलाई गिरफ्तार गर्ने कुनै योजना नभएको बताए । पीडितका अनुसार प्रहरीले सरकारी कार्यालयको समाचार लेख्ने भनेर कोठाबाट समातेर घिसारेका थिए । स्थानीय बासिन्दाहरूले निर्दोष व्यक्तिलाई यस्तो किन गरेको भनेपछि प्रहरीले उनीहरूलाई छाडेको पीडित पत्रकारले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Local Newspaper - Banke , INSEC

0 Comments