Incident Reports

मुम्बई जना लागिएको ३ युवतीको उद्धार

2016-09-23

साना हात नेपालले शुक्रवार भारततर्फ जाँदै गरेको तिन युवतीलाई नियन्त्रणमा लिए प्रहरीको जिम्मा लगाएको छ। हेटौडा निवासी १७ देखि १९ वर्षका ती युवतीहरु दलालको प्रलोभनमा परि मुम्बई जना लागेको साना हात नेपालको प्रतिनिधि बाबुराम क्षत्रीले बताए। रक्सौल जान विरगंज बुस पार्कमा पुगेका तीन युवतीहरु शंकास्पद अवस्थामा देखा परेपछि उनीहरुलाई सोधपुछ गर्दा राक्सौल स्टेशनमा आउन दलालले बोलाएको र त्यहाबाट मुम्बई जाने बताएपछि साना हातले उद्धार गरेको थियो। अनुसन्धानको क्रममा ती युवतीहरुले आफुहरु बेचिन लागेको थाहा पाएपछि चकित परेको क्षत्रिले बताए। उद्धार गरोएको तीनवटै युवतीलै जिप्रकामा राखिएको क्षत्रिले बताए।
Local Newspaper - Parsa

0 Comments