Incident Reports

Wife Murderer Made Public

2013-03-26

Madhes, Rautahat, Gaur

 

बारा । चैत १३ गते

 

श्रीमतीको हत्या गरी चार महिनादेखि फरार रहेका वीरगञ्ज उमनपा १९ का ३३ वर्षीय सराजुल मियाँ मंसुरलाई प्रहरीले गिरफ्तार गरी ०६९ चैत १२ गते सार्वजनिक गरेको छ ।

 

प्रेमिकाको जालोमा परी उनले आफ्नी श्रीमतीलाई ०६९ मंसिर ११ गते राति धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीले जनायो । बाराको बसतपुर गाविस ४ मा माइतीमा बस्दै आएकी २८ वर्षीया श्रीमती समुनेसा खातुनलाई उनले हत्या गरेका थिए ।

 

हत्यापछि उनको शव घरनजिकैको बारीमा क्षतविक्षत अवस्थामा प्रहरीले भेटेको थियो । घाँटी, पिठ्युँ, मुख, टाउकोलगायतका हतियार प्रहार भएको थियो ।

 

आमाको हत्यापछि खातुनका ५ र २ वर्षीया गरी दुईइ छोरी बिच्चलीमा छिन् । 'प्रेमिकासितको सम्बन्ध छोड्न श्रीमतीले दबाब दिएपछि उनले हत्या गरे,' इन्सपेक्टर रामनाथ घिमिरेले भने । खातुनकी माइतीकी आफन्तसित मंसुरको प्रेम सम्बन्ध थियो ।

 

लक्ष्मी साह सोनार

 

Bara/March 26

Police, on March 26, have made public Sarajul Miya Mansur, 33, of Birgunj sub-metropolis-19 who was at large since four months after murdering his wife.

 

According to the police, Mansur had hacked his wife Samunesa Khatun, 28, of Basantpur4 to death on November 26, 2012 with a sharp weapon.

 

Police had found her mutilated body in a field nearby home. The deceased has two daughters.

 

Inspector Ramnath Ghimire said that Mansur had killed his wife after she pressured him to break his relationship with his girlfriend.

Lakshmi Sah Sonar

0 Comments

Related Reports
Related Trend Analysis