2013-03-25
मोरङ । चैत १२ गते
एकजना ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शनिश्चरे गाविस-९ स्थित भुटानी शरणार्थी शिविरका २८ वर्षीय राम कालीकोटे विश्वकर्मा पुर्पक्षका लागि थुनामा परेका छन् ।
उनलाई जिल्ला अदालतका न्यायाधीश चण्डीप्रसाद पराजुलीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । उनलाई प्रहरीले विराटनगरस्थित कारागार कार्यालय मोरङमा राखेको छ ।
घटना ०६९ फागुन १४ गते भएको इलाका प्रहरी कार्यालय पथरीका सई गोपाल कार्कीले बताए ।
दीपेन नेउपाने
Morang/March 25
Ram Kalikote, 28, of Bhutanese Refugee Camp in Shanishchare9 has been remanded in custody on charge of raping an 8-year-old girl.
A single bench of Judge Chandi Prasad Parajuli of the District Court remanded him in custody for investigation on March 25. He has been kept in the Morang jail.
SI Gopal Karki of the Area Police Office said that the girl was raped on February 25, 2013.
Dipen Neupane