Incident Reports

मानब बेचबिखन मुद्धा मा १२ वर्ष कैद फैसला

2016-09-09

Lumbini, Arghakhanchi, Bhumekasthan

जिल्ला अदालत अर्घाखाचीले एक जनालाई मानब ओसारप्रसारको अभियोगमा ७ वर्ष र मानव बेचभिखन उधोगको मुद्दामा ५ वर्ष गरि १२ वर्ष कैद फैसला गरेको छ। बादीकोट ९ दुबीचौर गहतेरा निबासी ३४ बर्सिय केशर प्रसाध ज्ञवालीलाइ जिल्ला न्यायेधिश केशव प्रसाध बास्तोलाको एकल इजलासले १२ वर्ष कैद र ५०,००० पिडितलाइ क्षतिपूर्ति समेत दिलाउने गरि फैसला गरेको हो। ज्ञवाली कैद भुक्तानीका लागि सुक्रबार कारागार चलान भएका हुन्। ज्ञवालीले सन्धिखर्क १२ भिर कटेरी घर भै सन्धिखर्क २ त्रिबेणी टोलमा डेरागरी बस्ने राधा भन्ने शान्ति खत्री लाइ २ बच्चा सहित बिबाह गर्ने परलोभन पारी ३ महिना सम्म विभिन्न सहरका होटेलमा बन्धक बनाई आफ्नो स्वार्थपूर्ति गरेका थिए। बालबालिका र निज का गहन लगी बेचेको र होटेलको झन्डै ७२,००० बिल नतिरी सम्पर्क बिहिन भएको अवस्थामा बुटवल प्रहरीले पक्राउ गरि ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालय अर्घाखाची मार्फत सरकारी ओकिल कार्यालयले मुद्दा चलाएको थियो।
Local Newspaper - Rupandehi

0 Comments