Incident Reports

प्रहरीले व्यापारी कुटे

2016-09-09

Sudurpashchim, Baitadi, Shivanath

जिल्लाको तल्लोस्वराडमा प्रहरीले एक व्यापारिलाई कुटेको छ । प्रहरीको कुटाईबाट गम्भिर घाइते भएका शर्माली १ खलङाका २५ वर्षिय स्थानिय व्यापारी राम सिंह साउदको स्थानिय स्वथ्य चौकीमा उपचार हुन नसकेपछी थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ । २४ भदौ शुक्रबार मेला लागि रहेको स्थानिय बजार शर्मालिमा होटेल सन्चालन गरी रहेका साउदले आफ्नो होटेलमा नास्ता गरी पैसा दिन नमानेका ग्राहकसँग केही वादवीवाद भएपछी एक्कासी प्रहरीले कुटेका घाइतेका दाजु कृष्ण साउदले बताए । उनले भने, "मदिरा सेवान गरेर लट्ठ परेका प्रहरी जवानहरुले विनाकारण भाईलाई कुटपिट गरेको छ । " जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक बालनरसिङ राणाले घाइते रामसिङ् साउदले मदिरा सेवन गरेको र होहल्ला गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिदा उल्टै गाली गलौच गरेकाले कुट्पिट गरेको जानकारी प्राप्त भएको बताए । घटनाको विस्त्रित जानकारी नाआएकाले अहिले केही भन्न नमिल्ने बताउदै घटनामा सङ्लग्न प्रहरी जवान प्रेम बलायर र लोकेन्द्र शाहीलाई झिकाएको र दोशी पाए कार्वाही गर्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports