Incident Reports

त्यसपछि हामी ४ जना नेपालीलाई निर्घात पिट्यो

2016-09-02

Bagmati, Kathmandu, Kathmandu

भाद्र १७, २०७३- तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् । मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
National/Online Media , Other Sources

0 Comments

Related Reports