Incident Reports

Man illegally detained and tortured

2016-09-28

Madhes, Sarlahi, Malangawa

30-year-old Saroj Kumar Chaudhary, a resident of Haripur-9, has become seriously injured after being tortured by police. The victim is receiving treatment at Janakpur Zonal Hospital. The victim shared that he was kept in illegal detention for 3 days in Haripur Area Police Office and Sarlahi District Police Office. Chaudhary was arrested on September 27 in accusation of stealing money. He was taken to District Police Office in Malangawa the next day where he was beaten and tortured. According to the victim, he was kicked, punched and hit with pipe. Chaudhary took a polygraph test on September 29. The test came back negative and he was set free in the evening. इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ । सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते भएका सर्लाही जिल्ला हरिपुर गाविस-९ का ३० वर्षीय सरोजकुमार चौधरीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास, आयोगका मानव अधिकार अधिकृत सोमनाथ सुवेदी र रेवा रेग्मीले असोज १६ गते पीडितलाई भेटघाट गरी घटनाको बारेमा जानकारी लिएका हुन् । चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीन दिनसम्म गैर कानुनी थुनामा राखी यातना दिएको पीडितले बताए । ०७३ असार २७ गते ७ लाख ४ सय ५५ रुपियाँको चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चौधरीलाई असोज ११ गते इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्की नेतृत्वको टोलीले घरबाट गिरफ्तार गरेका थिए । चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखी असोज १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कुटपिट गरी चरम यातना दिएको पीडितको आरोप छ । प्लास्टीकको पाइप र मुक्काले पैताला, फिला, टाउको, कञ्चट, पिठ्यूँलगायत शरीरको विभिन्न भागमा कुटपिट गरी यातना दिएको पीडितले बताएका छन् । उनको शरीरमा निलडाम देखिएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर पुरुषोत्तम कार्कीले बढी कुटपिट गरेको पीडितले आरोप लगाए । कार्कीले कञ्चटमा थप्पडले हिर्काएपछि देब्रे कानले कम सुन्न थालेको पीडित चौधरीले बताए । चौधरीलाई अनुसन्धानको क्रममा पोलीग्राफ परीक्षण गर्दा परिणाम नाकारात्मक आएपछि असोज १३ गते साँझ चौधरीकी पत्नी अञ्जनाकुमारी धामीको रोहवरमा रिहा गरिएको पीडितले बताए । चौधरीको उपचार असोज १४ गतेदेखि जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । पीडितले प्रहरीको धम्की दिएको भन्दै न्याय दिनको लागि मानव अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments