Incident Reports

इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी

2016-09-28

Madhes, Sarlahi, Malangawa

इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ । सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते भएका सर्लाही जिल्ला हरिपुर गाविस-९ का ३० वर्षीय सरोजकुमार चौधरीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास, आयोगका मानव अधिकार अधिकृत सोमनाथ सुवेदी र रेवा रेग्मीले असोज १६ गते पीडितलाई भेटघाट गरी घटनाको बारेमा जानकारी लिएका हुन् । चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीन दिनसम्म गैर कानुनी थुनामा राखी यातना दिएको पीडितले बताए । ०७३ असार २७ गते ७ लाख ४ सय ५५ रुपियाँको चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चौधरीलाई असोज ११ गते इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्की नेतृत्वको टोलीले घरबाट गिरफ्तार गरेका थिए । चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखी असोज १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कुटपिट गरी चरम यातना दिएको पीडितको आरोप छ । प्लास्टीकको पाइप र मुक्काले पैताला, फिला, टाउको, कञ्चट, पिठ्यूँलगायत शरीरको विभिन्न भागमा कुटपिट गरी यातना दिएको पीडितले बताएका छन् । उनको शरीरमा निलडाम देखिएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर पुरुषोत्तम कार्कीले बढी कुटपिट गरेको पीडितले आरोप लगाए । कार्कीले कञ्चटमा थप्पडले हिर्काएपछि देब्रे कानले कम सुन्न थालेको पीडित चौधरीले बताए । चौधरीलाई अनुसन्धानको क्रममा पोलीग्राफ परीक्षण गर्दा परिणाम नाकारात्मक आएपछि असोज १३ गते साँझ चौधरीकी पत्नी अञ्जनाकुमारी धामीको रोहवरमा रिहा गरिएको पीडितले बताए । चौधरीको उपचार असोज १४ गतेदेखि जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । पीडितले प्रहरीको धम्की दिएको भन्दै न्याय दिनको लागि मानव अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports