Incident Reports

कांग्रेस पदाधिकारी मनोनयन पछि विवाद, पार्टी कार्यालयमै सदस्यहरुद्वारा धर्ना

2016-09-21

Province 1, Morang, Biratnagar

नेपाली कांग्रेस मोरङको उपसभापति र सचिवको मनोनयन सिफारिस संगै कार्यसमितिका ३ सदस्य नेपाली कांग्रेस मोरङको कार्यालयमा धर्ना बसेका छन्। मनोनयन सिफारिस बिधान सम्मत नभएको भन्दै निर्वाचित जिल्ला कार्यसमिति सुबोध निरौला, केदार बहादुर बस्नेत र उदय राजबंशी पार्टी कार्यालयमै ३ घण्टा धर्ना बसेका हुन्। महासमिति सदस्य शिवनारायण सिंहलाई उपसभापति र महाधिबेशन प्रतिनिधि मोदराज घिमिरेलाई सचिवमा सभापति डिगबहादुर लिम्बुले बुधबार बसेको बैठकमा मनोनयन गरेपछि विवाद बढेको हो। सहसचिवमा जिल्ला सदस्य शिव ढकाललाई प्रस्ताब गरिएको छ। पार्टीको बिधान २०१७ को संसोधनको धारा १० को उपधारा २ को ३ मा जिल्ला सभापतिले निर्वाचित कार्यसमितिको सदस्यहरु मध्यबाट उपसभापति, सचिब र एक जना सहसचिव पदाधिकारी मनोनयनका लागि प्रस्ताब गर्ने प्राबधान रहेको छ। सभापति लिम्बूले भने 'म बिधान बाहिर गएको छैन मनोनायलाई कार्यसमितिले अनुमोदन गरिसक्यो, नवलपरासीको महाधिबेशनले महासमिति र महाधिबेशन प्रतिनिधिलाई पनि राख्न मिल्ने गरि बिधान परिमार्जन गरिसकेको छ।' नियमअनुसार कार्यसमितिमा प्रस्ताव गरेर बहुमतबाट पारित गर्नुपर्छ। निरौलाले भने, 'तर, सभापतिले पारित गरेको उद्घोष गरिए पनि लेखिएको छैन। फरक मत राख्न दिनुपर्छ भन्दा राख्न दिईएन त्येसैले हामी धर्ना बसेका हौँ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments