Incident Reports

पाँच किशोर किशोरीको उद्धार

2016-09-05

Sudurpashchim, Baitadi, Dasharathchanda

बैतडी, २१ भदौ - भारत जान लागेका ५ किशोर किशोरीलाई प्रहरीले मंगलबार बैतडीको सिमा नाका झुलाघाटबाट उद्धार गरेको छ । उद्धार गरिनेमा बैतडीको शिवलिंग -३ क शालिभन दमाईका १८ वर्षीय छोरा दिपक दमाई, थलाकाडा - ८ का जंगे दमाईकि १५ वर्षीय छोरी चनमती दमाई, महादेवस्थान -४ जसाउका गणेशदत्त पन्त, सोहि ठाउका हरिदत्त पन्तका १७ वर्षीय छोरा बसन्तराज पन्त र रामदत्त पन्तका १७ वर्षीय छोरा पुस्कर राज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक बालनर सिंह राणाले जानकारी दिए । उनीहरुलाई प्रहरीले मंगलबार बैतडीको सिमा नाका झुलाघाटमा रहेको प्रहरीले शंका लागेर सोधपुछ गर्दा घरपरिवारलाई थाहा नदिई भारत जान लागेको खुलेपछि उद्धार गरिएको हो । उद्धार गरिएका किशोर किशोरीका घरपरिवारलाई सम्पर्क गरि घरपरिवारको जिम्मा लगाइने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जाने किशोरकिशोरीको संख्या बढ्दै गईरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Kailali

0 Comments