Incident Reports

Attack by UCPN-M Cadre Leaves UML Leader Injured

2013-03-26

Gandaki, Kaski, Machhapuchchhre

कास्की । चैत १५ गते

एकीकृत माओवादी धिताल गाविसका पूर्व इञ्चार्ज श्यामप्रसाद दाहालको लाठी प्रहारबाट घाइते धिताल गाविस-३ निवासी एमाले गाउँ कमिटी अध्यक्ष ४२ वर्षीय विष्णुप्रसाद गौतमको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

धिताल गाविस-३ निवारेदेखि कालिकास्थानसम्म बाटो खन्ने क्रममा आफू भनेजस्तो बाटो नखनेको भन्दै ०६९ चैत १३ गते दाहालले गौतममाथि लाठी प्रहार गरी घाइते बनाएका थिए । लाठी प्रहारबाट घाइते गौतमको टाउकोमा छ ओटा टाँका लगाइएको छ भने हातमा समेत चोट लागेको छ ।

गौतमका अनुसार अघिल्लो दिनको छलफल अनुसार नै डोजरले बाटो खनिरहेको समयमा डोजर रोक भन्दै एक्कासि आएर गाली गरी लाठीले प्रहार गरेको र चोटका कारण भुईमा ढलेपछि स्थानीयबासीले उद्धार गरी जीपमा राखेर अस्पतालमा ल्याएका थिए ।

नाताले भानिजदाइ पर्ने दाहालले आफू भने जसरी बाटो नखनेकाले आवेशमा लाठी प्रहार गरेको बताए । सामान्य विवादको घटनालाई राजनीतिककरण गरी युवा संघका केन्द्रीय सदस्य दर्शन लामासहितको टोलीले गाउँमा गएर स्थानीय माओवादी कार्यकर्तालाई कुटपिट गरी केही घरमा तोडफोड समेत गरेको एकीकृत माओवादीका इञ्चार्ज झलकपाणि तिवारीले बताए ।

युवा संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य दर्शन लामासँग घटनाको बारेमा बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ भएकोले सम्पर्क हुन सकेन ।

Kaski/March 28 UML village committee chairperson Bishnu Prasad Gautam, 42, of Dhital3 has been undergoing treatment in the Western Regional Office after being injured in the attack by former UCPN-M in-charge of Dhital VDC Shyam Prasad Dahal.

Dahal had attacked Gautam on March 26 with lathi accusing him of not making road as per his wish during the construction of road from Nibare to Kalikasthan of Dhital3. Gautam sustained six stitches in his head and sustained injuries to his hand.

According to Gautam, Dahal suddenly attacked him while the dozer was making roads as per the discussion held the day before. He said that the locals rescued him and took him to hospital after he fell down by the attack.

Meanwhile, UCPN-M in-charge Jhalak Pani Tiwari said that a group including Youth Association central member Darshan Lama beat up local Maoists and vandalized some homes by politicizing a minor incident.

Efforts to get Lama's comment on the incident could not be successful as his mobile phone was switched off.

San Bahadur Thapa

0 Comments

Related Reports
Related Trend Analysis