Incident Reports

Teen Gang-raped

2013-03-26

काभ्रे । चैत १५ गते

एक १६ वर्षीया क्षेत्री समुदायकी किशोरीलाई ०६९ चैत १३ गते साँझ घरमा खाना खाइरहेको अवस्थामा अपरिचत चार जना व्यक्तिहरूले बलात्कार गरेका छन् ।

घरमा बाबु-छोरी मात्र बसेको अवस्थामा पानी खान भनी आएका अपरिचत व्यक्तिहरूले बाबुलाई बाँधेर कुटपिट गर्दै घरको दोस्रो तल्लामा लगि घाँटीमा खुकुरी राखी सामूहिक बलात्कार गरिएको 'आफूहरूले चैत १४ गते मात्र थाहा पाएको' छिमेकीहरूले बताए ।

घटनाको विषयमा केही भनेमा बाबु-छोरीलाई नै मारिदिने धम्की दिएर अपरिचित व्यक्तिहरू हिँडेको कुरा पीडितहरूले छिमेकीहरूलाई बताएका थिए । एकान्तमा घर रहेको र घटनाका कारण बाबु-छोरी नै बेहोस भएका कारण तत्काल छिमेकीहरूले केही थाहा नपाएको बताए । भर्खरै सकिएको प्रवेशिका परीक्षा दिएर घरमा बसेकी पीडित किशोरीलाई उपचारका लागि काठमाडौं लगिएको स्थानीयले बताए ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले घटनाको अनुसन्धान भइरहेको बताए । १० जनाको समूहमा रहेका उनीहरूले बलात्कारपछि किशोरीको घरमा रहेको ७ हजार नगद समेत लुटेको बताइयो । पीडितकी आमा भने यस अगाडि नै अन्यत्र विवाह गरी गएको छिमेकीहरूले बताए ।

यसैगरी, एक जना ९ वर्षीया एक बालिकालाई भिमखोरी गाविस-२ बस्ने २५ वर्षका देव लामाले ०६९ फागुन २० गते बलात्कार गरेको भनी प्रहरीले पीडकलाई गिरफ्तार गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी पीडकलाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले बतायो ।

Kavre/March 28 A 16-year-old girl has been gang-raped by four unidentified persons on March 26 evening.

The group had come to the victim's house asking for drinking water while the girl and her father were taking meal. They had thrashed the father, tied him to the second floor of the house and raped her at knife-point.

Locals said that they had found about the incident the next day only. They said that the incident was known late as the house of the victim is in a secluded place and the victim and her father were unconscious after the incident.

The group had left the site threatening to kill the victims if they revealed the incident.

The girl has taken to Kathmandu for treatment after the incident.

Chief of Area Police Office Mangaltar said that investigation over the incident was ongoing. The group is said to have made away with 7,000 rupees from the house.

0 Comments

Related Reports
Related Trend Analysis