Incident Reports

Armed Outfit Hands Over Arms

2013-03-27

कपिलवस्तु । चैत १५ गते

तराईमा सशस्त्र गतिविधि गर्दै आएको तराई जनतान्त्रिक मधेश मुक्ति मोर्चा पार्टी (भगत सिह समूह) ले स्थानीय प्रशासनलाई ०६९ चैत १४ गते १० थान हतियार तथा विस्फोटक पदार्थहरू बुझाएको छ ।

सरकारसँग वार्तामा रहेको तराई जनतान्त्रिक मधेश मुक्ति पार्टी (भगतसिहं समूह) का वार्ता टोली संयोजक सुवास भन्ने मनोज कुमार मण्डल र अवध इन्चार्ज सिकन्दर वागी भन्ने बब्लुले १० थान हतियार, छ वटा प्रेसरकुकर, १५ थान सकेटबम ५० केजी बारुद लगायतका सामाग्री इलाका प्रहरी कार्यालय बहादुरगन्जको रोहवरमा जवाभारी इलाकामा बुझाएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिएका छन् ।

तराई जनतान्त्रिक मधेश मुक्ति मोर्चा पार्टी (भगत सिह समूह)ले गत वर्षसरकारसँग वार्ता गरी हतियार बुझाउने र मुद्दा लगाइएका मोर्चाका कार्यकर्ताहरूलाई छानबिन गरी रिहा गर्ने लगायतका विषयमा सहमति भएको थियो ।

सहमति अनुसार मोर्चाले केही हतियार तथा विस्फोटक पदार्थ प्रशासनलाई बुझाएको र बाँकी अन्य हतियार क्रमशः बुझाउदै जाने मोर्चाका वार्ताटोली संयोजक मनोजकुमार मण्डलले बताएका छन् । उनले देशमा शान्ति स्थापनामा आफूहरूको महत्वपूर्ण भूमिका निभाउने र आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

नन्दराम पौडेल

Kapilbastu/March 28 Tarai Janatantrik Madhes Mukti Morcha Party (TJMMMP) led by Bhagat Singh, which has been carrying out armed activities in Tarai, has handed over arms and explosive devices to the local administration on March 27.

According to the Chief District Officer (CDO) Krishna Chandra Ghimire, talks coordinator of the group Manoj Kumar Mandal alias Subas and Abadh in-charge Sikandar Bagi alias Bablu handed over 10 weapons, six pressure cooker, 15 socket bombs, 50 kg of explosive to Area Police Office Bahadurgunj.

The group had agreed to hand over arms during the dialogue the government last year while the government would release its cadres after investigation.

Talks coordinator of the group Mandal said that they would also hand over the remaining arms. He said that his group would play important role for peace in the country and would participate in the next Constituent Assembly elections.

Nandaram Paudel

0 Comments

Related Reports
Related Trend Analysis