Incident Reports

Girl tormented by stepmother

2016-10-05

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 9

13-year-old Nima Sherpa, a resident of Sankhuwasabha, Jaljala-2, has been hit with tongs by her stepmother. After her mother's separation with the father, Nima had been living with her father, Pemachhiri and stepmother Pemachhiki Sherpa. Pemachhiki had been constantly tormenting her stepdaughter since past five years. Nima shares that she was not allowed to attend school and when she went to class despite her stepmother's approval, her books were set on fire. She adds that her father and stepmother hit her with hot iron tongs fifteen days ago without any reason. The neighbors also shared that Nima's stepmother would beat her frequently. संखुवासभा जलजला-२ तेर्सेकी १३ वर्षीया निमा शेर्पालाई सौतेनी आमाले फलामको चिम्टाले डामेर यातना दिएकी छन् । आमासँग बुबाको सम्बन्ध टुटेपछि बुबा पेमाछिरी र सौतेनी आमा पेमाछिकी शेर्पासँग पाँच वर्षदेखि बस्दै आएकी निमालाई उनले पटकपटक यातना दिएर पढ्ने किताबसमेत जलाइदिएकी छन् । कालिका माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत निमालाई आमाले विद्यालय जान नदिएको र भागेर विद्यालय गएपछि किताब जलाइदिएको उनले गुनासो पोखिन् । १५ दिनअघि उनलाई बुबा पेमछिरी र आमा पेमाछिकीले बिनाकारण समातेर दायाँ हात र बायाँ गलामा चिम्टाले पोलेर यानता दिएको उनले बताइन् । पटकपटक मराणसन्न हुने गरी कुटपिट गर्ने गरेको गाउँलेहरूले बताए । ‘मलाई बचाऊ' भन्दै घरमा आएपछि आफूले संरक्षण गरी राखेको गाउँकी च्याम्सु शेर्पाले बताइन् । ‘राति १० बजे मेरो घरमा रुँदै कराउदै आइन्, मैले खाना दिएर राखेको छु', उनले भनिन् । काठमाडौंमा कामको सिलसिलामा भेट भई १५ वर्षअघि पेमाछिरीले सीता मगरसँग विवाह गरेपछि छोरी निमाको जन्म भएको थियो । पाटनको प्रभात सेकेन्डरी विद्यालयमा कक्षा–६ मा अध्ययनरत हुदाँ बुबा र आमाको बिछोड भएपछि उनलाई बुबाले गाउँ लिएर आएका थिए । गाउँमा बुबाले कान्छीआमा विवाह गरेपछि उनी साथै बस्दै आएकी छन् । चिम्टाले डामेपछि उनकी फुपू लक्की शेर्पाले उपचारका लागि खाँदबारी ल्याएकी थिइन् । ‘किन खाँदबारी लगिस्' भन्दै पेमाछिरीले लक्कीलाई फोनमा धम्की दिएपछि उनले फेरि घरमै ल्याइदिएकी थिइन् । घरमा आएपछि खुट्टा र टाउकोमा हँसियाले प्रहार गरी काटेको छिमेकी बताउँछन् । कुटपिट गरी जंगलमा छाडेको अवस्थामा आफूले फेला पारेर घर ल्याएको गाउँकी प्याक्ची राईले बताइन् । पशुलाई भन्दा नराम्रो व्यवहार आमाबाबुले गरेको भन्दै निमालाई हेर्दे प्याक्चीले दुःख पोखिन् । उनका हजुरबुबा पासाङदावा शेर्पाले नातिनीलाई मार्न पटकपटक प्रयास गरेको तर नसकेको भन्दै तत्काल संरक्षण गरी दिन माग गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments