Incident Reports

साैतेनी आमाले चिम्टा तलाएर डामिन् बालिकालाई

2016-10-05

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 9

संखुवासभा जलजला-२ तेर्सेकी १३ वर्षीया निमा शेर्पालाई सौतेनी आमाले फलामको चिम्टाले डामेर यातना दिएकी छन् । आमासँग बुबाको सम्बन्ध टुटेपछि बुबा पेमाछिरी र सौतेनी आमा पेमाछिकी शेर्पासँग पाँच वर्षदेखि बस्दै आएकी निमालाई उनले पटकपटक यातना दिएर पढ्ने किताबसमेत जलाइदिएकी छन् । कालिका माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत निमालाई आमाले विद्यालय जान नदिएको र भागेर विद्यालय गएपछि किताब जलाइदिएको उनले गुनासो पोखिन् । १५ दिनअघि उनलाई बुबा पेमछिरी र आमा पेमाछिकीले बिनाकारण समातेर दायाँ हात र बायाँ गलामा चिम्टाले पोलेर यानता दिएको उनले बताइन् । पटकपटक मराणसन्न हुने गरी कुटपिट गर्ने गरेको गाउँलेहरूले बताए । ‘मलाई बचाऊ' भन्दै घरमा आएपछि आफूले संरक्षण गरी राखेको गाउँकी च्याम्सु शेर्पाले बताइन् । ‘राति १० बजे मेरो घरमा रुँदै कराउदै आइन्, मैले खाना दिएर राखेको छु', उनले भनिन् । काठमाडौंमा कामको सिलसिलामा भेट भई १५ वर्षअघि पेमाछिरीले सीता मगरसँग विवाह गरेपछि छोरी निमाको जन्म भएको थियो । पाटनको प्रभात सेकेन्डरी विद्यालयमा कक्षा–६ मा अध्ययनरत हुदाँ बुबा र आमाको बिछोड भएपछि उनलाई बुबाले गाउँ लिएर आएका थिए । गाउँमा बुबाले कान्छीआमा विवाह गरेपछि उनी साथै बस्दै आएकी छन् । चिम्टाले डामेपछि उनकी फुपू लक्की शेर्पाले उपचारका लागि खाँदबारी ल्याएकी थिइन् । ‘किन खाँदबारी लगिस्' भन्दै पेमाछिरीले लक्कीलाई फोनमा धम्की दिएपछि उनले फेरि घरमै ल्याइदिएकी थिइन् । घरमा आएपछि खुट्टा र टाउकोमा हँसियाले प्रहार गरी काटेको छिमेकी बताउँछन् । कुटपिट गरी जंगलमा छाडेको अवस्थामा आफूले फेला पारेर घर ल्याएको गाउँकी प्याक्ची राईले बताइन् । पशुलाई भन्दा नराम्रो व्यवहार आमाबाबुले गरेको भन्दै निमालाई हेर्दे प्याक्चीले दुःख पोखिन् । उनका हजुरबुबा पासाङदावा शेर्पाले नातिनीलाई मार्न पटकपटक प्रयास गरेको तर नसकेको भन्दै तत्काल संरक्षण गरी दिन माग गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments