Incident Reports

Clash Leaves 11 Injured

2013-03-31

कास्की । चैत १८ गते

संघीय समाजवादी पार्टीका कार्यकर्ता र प्रहरीबीच ०६९ चैत १८ गते झडप हुँदा समाजवादी पार्टीका छ जना कार्यकर्ता र पाँच जना प्रहरी घाइते भएका छन् ।

मुख्य चार दलको सिण्डिकेटलाई हटाएर सहमतीय सरकार निर्माण गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको समाजवादी पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रकाशन कार्यालय कास्कीमा धर्ना दिइरहेका बेला प्रहरीसँग झडप भएको हो । झडपमा परी पार्टीका केन्द्रीय सचिव ४० वर्षीय डिलबहादुर नेपाली, अग्रगामी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २७ वर्षीय फरेन्द्र थापामगर, ६० वर्षीय बुद्धिबहादुर नेपाली, ६९ वर्षीय धनबहादुर तामाङ, ७० वर्षीय खड्गसिँ गुरुङ र २४ वर्षीय पुष्कर भण्डारी घाइते भएका छन् । घाइते सबैको पोखराको चरक अस्पतालमा उपचार भइरहेको छ ।

धर्ना कार्यक्रम सकिन केही समय मात्र बाँकी रहँदा प्रहरीको भेनले अवरोध गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको थियो ।

त्यसैगरी, प्रहरीतर्फ प्रहरी जवान किशोर जिटी, टीकाराम श्रेष्ठ, भीमबहादुर राना, हुमबहादुर राना र देवकुमार श्रेष्ठ सामान्य घाइते भएको एसपी केदार रिजालले बताए । उनले प्रहरीमाथि हातपात गरेपछि झडप भएको बताए ।

यसैवीच शान्तिका लागि नागरिक समाज कास्की, इन्सेक लगायतका संस्थाले ०६९ चैत १८ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको भत्सर्ना गर्दै घाइतेको उचित व्यवस्था गर्न माग गरेको छ ।

सनबहादुर थापा

Kaski/March 31 At least 11 persons have been injured in a clash that occurred between the cadres of Sanghiya Samajbadi Party (SSP) and police on March 31.

The clash ensued when the SSP was staging a sit-in in front of the District Administration Office demanding formation of a consensus government.

Central member of the SSP Dil Bahadur Nepali, 40, Pharendra Thapa Magar, 27, Buddhi Bahadur Nepali, 60, Dhan Bahadur Tamang, 69, Khadga Singh Gurung, 70, and Pushkar Bhandari, 24, were hurt in the incident. They are being treated at the Charak Hospital in Pokhara.

Likewise, police constable Kishore GT, Tikaram Shrestha, Bhim Bahadur Rana, Hum Bahadur Rana and Dev Kumar Shrestha were also in the incident, according to SP Kedar Rijal. He said that the clash ensued after policemen were manhandled by the protestors.

Meanwhile, Civil Society Network for Peace, Kaski has condemned the incident and urged for treatment of the injured.

San Bahadur Thapa

0 Comments

Related Reports
Related Trend Analysis