Incident Reports

Three Tortured in Police Custody

2013-03-25

 

डडेल्धुरा । चैत १७ गते

 

भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्ला थाना सन्देउखा चौपरिया स्थायी घर भई हाल अमरगढी नपा-५ मा अस्थायी बसोवास गर्दै आएका तीन जनामाथि स्थानीय व्यक्तिसँगको लेनदेनको विषयलाई लिएर प्रहरीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा ०६९ चैत १२ गते कुटपिट तथा दुर्व्यवहार गरेको छ ।

 

पीडितहरूमा ४२ वर्षीया आरती गुप्ता, १७ वर्षीय अभिषेक गुप्ता र २३ वर्षीय मनोज गुप्ता रहेका छन् ।

 

अमरगढी नपा-५ कि लक्ष्मी भाटले आर्थिक कारोवारको विषयलाई लिएर उनीहरू विरुद्ध उजूरी दिएपछि प्रहरीले ०६९ चैत १२ देखि १४ गतेसम्म विना थुनुवा पुर्जी पीडितहरूलाई हिरासतमा राखेको थियो ।

 

हिरासतमा राख्दा प्रहरीले आफु र आपना छोराहरूलाई समेत लक्ष्मीको पैसा किन तिरिनस् भन्दै कुटपिट र दुर्व्यवहार गरेको आरतीले हिरासतबाट मुक्त भएपछि वताएकिछिन । चैत १२ गते आरतीलाई महिला प्रहरीले घोप्टो सुत्न लगाएर लाठी र बुटले कुटपिट गरेपछि उनको कम्मरमुनिको भागमा निलडामहरू भएका छन् । यसैगरी कान्छो छोरा १७ वर्षीय अभिषेक गुप्तालाई प्रहरीले बुट र पाइपले कुटपिट गर्दा उनको ओठ, हात, कम्मर र तिघ्रामा निलडाम भएको छ ।

 

 

प्रहरीले ०६९ चैत १५ गते उनीहरूलाई हिरासत मुक्त गर्दा कुटपिट गरेको घटनालाई बाहिर ल्याएमा सार्वजनिक मुद्दा लगाउने धम्की दिएकाले बताउन नसकेको पीडितले गुनासो गरेका छन । हिरासतमा बस्दा प्रहरीहरूले मदिरा पिएर रातिसमेत कुटपिट गर्ने गरेको बताएका छन् ।

 

आरतीको परिवारले दुई वर्षअगाडि लक्ष्मी भाटवाट १ लाख रुपैयाँ ऋण लिएकोमा केही रकम तिर्न बाँकी रहेको थियो । लक्ष्मीले प्रहरीमा उजूरी दिएपछि प्रहरीले गिरफ्तार गरी गुप्ता परिवारलाई तिर्नुपर्ने बाँकी रकमको कागजात बनाएर ०६९ चैत १५ गते हिरासत मुक्त गरेको छ ।

 

केशव वोहरा

 

Posted on : 2013-03-30 21:45:25 जिल्लाको आधारमा सम्बन्धित समाचार घटनाको आधारमा सम्बन्धित समाचार Dadeldhura/March 30

Three Indian nationals who have been staying in AmargadhiN.P.5 have been tortured in the custody of the District Police Office on March 25.

 

Arati Gupta, 42, Abhisek Gupta, 17, and Manoj Gupta, 23, were detained for two days without arrest warrant following a complaint over economic transaction filed by Lakshmi Bhat of AmargadhiN.P.5.

 

Arati, after being released, said that police beat her and her sons asking us why we had not paid Lakshmi's money. She has sustained bruises in parts below her waist following beating by police women. Her son Abhisek has sustained injuries to his lips, hand, waist and thigh after police kicked him and beat him with pipe.

 

According to the victims, police had threatened them not to reveal the incident after being released on March 28. They accused that the police had also beat them in inebriated condition.

 

Family of Arati had taken 1 lakh rupees from Lakshmi two years ago. They had returned most of the amount.

Keshav Bohara

0 Comments

Related Reports
Related Trend Analysis