Incident Reports

Six held over police post raid | सुर्खेतमा गाउँलेद्वारा प्रहरी चौकीमा आक्रमण |

2016-11-01

Karnali, Surkhet, Simta, Ward 3

Police have arrested six men in connection to the Tuesday evening’s attack at Deuli Police Post in Agrigaun, Surkhet. Deputy Inspector General Madhav Prasad Nepal said police also recovered the weapons--three rifles and one pistol-- that were stolen in the attack. Fifty of the 200 bullets that were snatched by the attackers remain unaccounted for, he added. A group of around 30 people, wielding sticks and knives, had raided the police post on Tuesday evening following a dispute with Police Constable Nara Bahadur BK over a card game. (PR) एक प्रहरी कर्मचारीसँगको विवादलाई लिएर पूर्वी सुर्खेतको आग्रीगाउँका बासिन्दाले त्यहाँस्थित देउली प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित करिव ३० जनाको संख्यामा आएका स्थानीयवासीले भाइटीकाको साँझ चौकी आक्रमण गरी हतियार लगायतका उपकरणहरु कब्जामा लिएका हुन् । आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद उत्कर्षमा पुगेपछि घटनाले उत्तेजक रुप लिएको हो । स्रोतका अनुसार स्थानीय युवाले तास हारेपछि प्रहरी जवान नरबहादुर विकसँगै मदिरा सेवन गरेका थिए । तास हारेकै विषयमा स्थानीय युवा उत्तेजित भएपछि प्रहरी चौकी आक्रमण उत्रेको बताइएको छ । आक्रमणकारी गाँउलेको समूह चौकीमा पुग्दा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए । देउली चौकी सदरमुकाम वीरेन्द्रनगरदेखि १ सय ५ किमी टाढा पर्दछ । स्थानीयले चौकी तोडफोड गर्नुका साथै हतियार, गोली, हत्कडी लगायतका उपकरण कब्जामा लिएका थिए । मंगलबार राति नै जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्य, डिएसपी बहादुरजंग मल्लसहित सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआईजी) माधवप्रसाद नेपालले ५० राउन्ड गोलीबाहेक हतियारसहित सबै उपकरण बरामद गरिसकेको जानकारी दिए । ‘गाउँलेले लुटेका तीनथान थ्रिनट थ्री राइफल, एकथान चाइनिज पेस्तोल, एक सय ५० राउन्ड गोली, हत्कडी फेला पारिसकेका छौं,’ डिआईजी नेपालले भने, ‘खोला र स्थानीयका घरमा ती सामानहरु भेटिएका छन् । थप गोली पनि छिटै फेला पार्छौं ।’ प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा काफलकोट–९ का केशरसिंह ठकुरी, प्रेम खत्री, तीर्थबहादुर खत्री, तिलक सिंह, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंह छन् । अन्यको खोजी भइरहेको छ । डिआईजी नेपालले घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Banke

0 Comments