Incident Reports

No translation available.

2016-11-01

Karnali, Surkhet, Simta, Ward 3

(PR) एक प्रहरी कर्मचारीसँगको विवादलाई लिएर पूर्वी सुर्खेतको आग्रीगाउँका बासिन्दाले त्यहाँस्थित देउली प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित करिव ३० जनाको संख्यामा आएका स्थानीयवासीले भाइटीकाको साँझ चौकी आक्रमण गरी हतियार लगायतका उपकरणहरु कब्जामा लिएका हुन् । आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद उत्कर्षमा पुगेपछि घटनाले उत्तेजक रुप लिएको हो । स्रोतका अनुसार स्थानीय युवाले तास हारेपछि प्रहरी जवान नरबहादुर विकसँगै मदिरा सेवन गरेका थिए । तास हारेकै विषयमा स्थानीय युवा उत्तेजित भएपछि प्रहरी चौकी आक्रमण उत्रेको बताइएको छ । आक्रमणकारी गाँउलेको समूह चौकीमा पुग्दा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए । देउली चौकी सदरमुकाम वीरेन्द्रनगरदेखि १ सय ५ किमी टाढा पर्दछ । स्थानीयले चौकी तोडफोड गर्नुका साथै हतियार, गोली, हत्कडी लगायतका उपकरण कब्जामा लिएका थिए । मंगलबार राति नै जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्य, डिएसपी बहादुरजंग मल्लसहित सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआईजी) माधवप्रसाद नेपालले ५० राउन्ड गोलीबाहेक हतियारसहित सबै उपकरण बरामद गरिसकेको जानकारी दिए । ‘गाउँलेले लुटेका तीनथान थ्रिनट थ्री राइफल, एकथान चाइनिज पेस्तोल, एक सय ५० राउन्ड गोली, हत्कडी फेला पारिसकेका छौं,’ डिआईजी नेपालले भने, ‘खोला र स्थानीयका घरमा ती सामानहरु भेटिएका छन् । थप गोली पनि छिटै फेला पार्छौं ।’ प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा काफलकोट–९ का केशरसिंह ठकुरी, प्रेम खत्री, तीर्थबहादुर खत्री, तिलक सिंह, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंह छन् । अन्यको खोजी भइरहेको छ । डिआईजी नेपालले घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Banke

0 Comments

Related Reports